सन्दीपकाे आशालाग्दो ट्वीट, ‘कथा सकिएको छैन’

बिएल संवाददाता

काठमाडाै‌ं

इन्डियन प्रिमियर लिग (आइपीएल) को १३औँ संस्करणको सकिएको छ। फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै मुम्बई इण्डियन्सले पाँचौँ पटक उपाधि जित्यो। 

दिल्ली लिग चरणको खेलदेखि फाइनलसम्म पुग्दा नेपालका लेग स्पिनर सन्दीप लामिछाने एक खेल पनि नखेली नेपाल फर्किए। 

यसैबीच उनले सामाजिक सञ्जाल ट्विटरमा आशालाग्दो ट्वीट गरेका छन्। उनले लेखेका छन्, ‘कथा सकिएको छैन, बिस्तारै सुरु हुँदैछ।’ उनको यो ट्वीटले सकारात्मक सोच राख्न सन्देश दिएको छ।  

सन्दीपलाई अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको सिफारिसमा सन् २०१८ मा दिल्लीबाट मौका दिएका थिए। यतिबेला दिल्लीले उनलाई २० हजार भारतीय रुपैयाँमा भित्र्याएको थियो। 

१६ मध्ये ११ खेलपछि मौका पाएका सन्दीपले आइपीएलमा डेब्यु भारतीय कप्तान विराट कोहलीको रोयल च्यालेञ्जर्स बेङ्लोरविरूद्ध गरेका थिए। जसमा उनले २५ रन खर्चेर भारतीय क्रिकेट टिमका पूर्व विकेटकिपर पार्थिव पटेलको विकेट लिएका थिए।
 
सन्दीपले आफ्नो पहिलो आइपीएलमा तीन खेल खेल्ने अवसर प्राप्त गरे। जसमा उनी ५ विकेट लिन सफल भए। उनलाई सुरुदेखि नै नखेलाउने दिल्लीको निर्णयको पछि आलोचना भएको थियो। 

सन् २०१९ मा दोस्रो सिजन खेल्दा पनि उनले खासै अवसर पाएनन्। १६मध्ये ६खेलमा मात्र मौका पाए। यतिबेला उनी ८ विकेट लिन सफल भए। 

सम्झौंता अनुसार आइपीएलमा यो उनको अन्तिम सिजन थियो। अर्को वर्ष आफूूलाई यो भन्दा राम्रो क्लब र पैसामा उभ्याउन पनि सन्दीपलाई यसपालि ‘प्लेइङ सेट’ मा पर्नुुपर्ने बाध्यता थियो। तर, उनी सुरुदेखि अन्तिमसम्म वैकल्पिक खेलाडीको रूपमा बेञ्चमा मात्र थन्किए।

उनी बुधबार नेपाल फर्किएका छन्।

प्रकाशित मिति: : 2020-11-12 16:28:00

प्रतिकृया दिनुहोस्