नेपालमा थपिए १७ सय ९० कोरोना संक्रमित

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर २ हजार ७ सय ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ।

हाल देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय २७ जना क्वारेन्टाइनमा छन्।
 

प्रकाशित मिति: : 2020-11-24 16:21:00

प्रतिकृया दिनुहोस्