शुक्रबार, ०८ अगस्ट २०२५

मूर्ति चोरेको आरोपमा दिपक मनाङेकी श्रीमती पक्राउ

News Image
• • •

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेन डोल्मा लामा पक्राउ परेकी छिन्।

कास्की जिल्लाको पोखराबाट बहुमुल्य धातुको मुर्ति चोरी गरेको घटनामा  फरार सूचीमा रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिन गएका बेला पक्राउ गरिएको हो।

उनी लामो समयदेखि हेटौंडा उपमहानगरपालिका १२ मा रहेको माइतीमा बस्दै आएकी थिइन्।

मकवानपुरका एसपी सुशील सिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीले पठाएको फरार सूचीको पत्र अनुसार उनलाई पक्राउ गरिएको हो।

माइतीमै बस्दै आएकी उनलाई कास्की जिल्ला अदालत पठाएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार उनीसहित तीनजनालाई विपक्षी बनाएर कास्की जिल्ला अदालतमा बहुमुल्य धातुको मूर्ति चोरीको मुद्दा दायर भएको छ।

बुधबार, मंसिर १०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)