सूर्यका किरणहरु सल्बलाउँदै थिए डाँडातिर। सेती किनारमा बोटबिरुवाहरु शीतका थोपा खसालिरहेका थिए भने भूइँमा लमतन्न पात पतिगंरहरु जोखिरहेका थिए तिनै शीतका थोपा। शडकमा फ्याट्टफुट्ट गुडिरहेका थिए गाडीहरु।
कोरोनाको डरले तीन द्धार महिना अघि घर फर्किएका लाहुरेका पाइला लम्किरहेका थिए साइतको टीका लगाएर। शिरानीमा रहेका कवि लोकराज भट्टका कविताका पक्तिको याद दिलाउँदै।
कवि भट्टले भनेझैं उनीहरुको आधा जिन्दगीमा हक जमाउने अरु नै छन्। शाहुको ऋणको भारी बोकेर घरपरिवार र मनभरि विगतमा धुलो उडाएका गुच्चा अनि गट्टा खेलेको त्यो प्रिय भूमिको याद बोकेर विदेशीनुको विकल्प छैन गाउँमा।
एकाबिहानै दिपायलस्थित आफ्नो कार्यालयमा व्यस्त देखिन्थे पत्रकार मोहन शाही। लामो समयदेखि डोटीबाट कान्तिपुर दैनिकका लागि रिपोर्टिङ गरिरहेका शाही लगनशील मेहनती र स्वाभिमानि छन्। एकोहोरो काममा खटिरहने, गम्भीर पन र स्वाभिमानि प्रवृत्ति नै उनको विशेषता हो। तिनैले पठाएका थिए रैवार घुम्नका लागि।
घुम्नु पाउनु मेरा लागि जिन्दगीको उपलब्धी भैदिन्छ। भौतिकवादी दुनियामा रमाइरहेकाहरुले बेलाबखत सोध्ने गर्छन् –यसरी घुमेर के कति कमाइ हुन्छ ? कति कमाउछस् ? घडेरी कहाँ बनाइस्? आदी। ती दयनीय प्राणीहरुलाई के थाहा कसले केमा जिन्दगीको सन्तुष्टि लिइरहेको छ भन्ने कुरा।

प्रत्येक मोडमा छद्मभेषी बनेर हिड्न पल्केको मान्छे पछिल्लो समय चाकडी गर्छ, फाटाहा बन्छ, धुर्तता अनि मनमा कपट पाल्छ। अहंकार, ईष्र्या डाहा जस्ता कुरा त उसका गौरव जस्ता पो भैसकेका छन्।
राजपुरको उकालोमा पुग्दा आवाज सुनिन्छ –त्यो बाटोमा धुलो छ। लडिएला है ? सुने नसुनेझै गरी हिड्यौं हामी। बाटोमा मनमनै आफैसँग भनिरहे –नलडिकन कहाँ सिकिएला र उठ्न। बाल्यकालमा धुलोमाटोमै लडिबुटी खेलेर बारम्बार लडेर त यत्तिको भइएको हो। प्राकृतिले उपहार स्वरुप सुम्पेका धुलोका कणहरुसँग के डराउनु र। डर त समाजमा देखिने वेथितिका कणहरु, राष्ट्रमा देखिने भष्टाचारका कणहरु अनि चाकडी चाप्लुसीका कणहरुसँग पो लाग्नु पर्ने हो।
माथिल्लो मोडमा पुग्न नपाउँदै पल्टियो बाइक। दुबै जनाको आधि जीउ ढाकियो धुलोमा। हिलोमा सुतेर उठेको भैंसीको झैं देखिन्थ्यो हाम्रो शरीर। सडकको छेउछाउतिर कतै थिएन धुलो नभएको ठाउँ। जहाँनेर खुट्टा टेकाउँदा नि खुट्टामा लगाएको जुत्ता सजिलै विलिन भैदिन्थ्यो माटोमा।
यसरी लड्दै गुड्दै गर्दा पुगियो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको गाउँ नजिक जहाँ सडक कालोपत्रे बनाउने हिसावले बनाइदै थियो नाली। गाउँको पुछारदेखि सिरानीसम्म मात्रै चलिरहेको थियो काम। भविष्यमा पक्कै पनि बढ्ला कालोपत्रे गर्ने काम।
जहाँबाट सुरु गरे पनि कालोपत्रे गरिनु स्वागतयोग्य कार्य छदै छ तर पनि सिढी दैलो र नपोती सिधै दैलो माथिको सानो स्थान मात्रै पोत्ने कार्य हास्यास्पद नै देखिन्थ्यो।

त्यही बाटोमा हरेक दिन आवत जावत गरिरहेका छन् के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही। अरुझैं लड्दै गुड्दै धुलाम्मे बनेर पुग्छन् उनी पनि कार्यालयमा।
लोकेन्द्र शाही सम्भवतः देशकै एउटा नमुना गाउँपालिका अध्यक्ष हुनु पर्छ जस्तो लाग्छ। अहिलेसम्म मेरो जनकारीमा आएको छैन गाडी विहिन गाउँपालिका अर्को पनि छ भन्ने कुरा। उनले गाडी किनेका छैनन्। मोटर बाइक पनि गाउँपालिकाको नभई आफ्नै चलाउछन् । बाइकमा पेट्रोल समेत आफ्नै पैसाले हाल्छन्।
आध्यात्मिक सोचका सादा जीवन बिताइरहेका अध्यक्ष शाही पर्यटन क्षेत्रको प्रवर्धनका साथै कृषकका लागि भैंसी पालनदेखि तरकारी खेती सम्मका योजनाहरुमा बढी जोड दिइरहेका देखिन्छन्।
जलवायु परिवर्तनले गर्दा उराठ उजाड जस्ता देखिदै छन् अचेल पहाडका डाँडाकाडाहरु। विगतको जस्तो देखिदैन केही पनि। धेरै कुरा परिवर्तन भैसकेको छ समयसँगै। भेटिदैनन् सजिलैसँग पुराना दिन सम्झाउने बुढापाकाहरु पनि। एकातिर आधुनिक प्रविधिको चमत्कार छ अर्कोतिर मान्छेका दुखका दिनहरु पनि अग्लिदै गएका छन्।
दुख यस अर्थमा कि विगतमा पाइने घाँसका धेरै जातहरु लोप भैसके। गाई भैंसी पाल्ने चलन प्राय लोप हुँदै गइरहेको छ। गाउँघरतिर यतिखेर फल्ने सुन्तलाका पातसम्म पनि देख्न मुस्किल छ। बादर बदेल लगायतका बन्यजन्तुहरुको आतंक बढेकै छ।

गाउँमा काम गर्ने जनशक्ति सबै बाहिर छन्। कोरोनाका कारण घर फर्केका पाइलाहरु पुनःः लम्किरहेका छन् विदेशतिर। पुग्दैन घरमा बसेर खान। गुजरा नै नचल्ने भएपछि विकल्प छैन बिदेसिनुको। देशभित्र छैनन् रोजगारी दिलाउने उद्योगधन्दाहरु।
सरकारसँग छैन नयाँनयाँ सीप सिकाएर जनतालाई उद्यमी बनाउने योजना। हुँदैनन् भएका योजनाहरु पनि कार्यान्वयन। भष्ट्राचारको तुवालोले ढाकिएको मुलुकमा हरेक दिन उडाइरहेकै छन् डाँडाको छाती चिरेर बनाइएका बिकासे सडकहरुले धुलो। पुराना बाटाहरु देखिदैनन् अचेल। एक घण्टाको यात्रा गर्न पनि पाँच छ घन्टा सडकमा कुरेरै बसिरहन्छन् यात्रुहरु। सुबिधाको भोको मान्छे चाहदैन हिँडेर जान।
दिपायलबाट वायलसम्मको यात्रा गर्ने क्रममा पत्रकार शाहीकै बाइकको पछाडी थचक्क बसेको म हेरिरहेको थिएँ सडकको धुलो। बाटोमा जब गौंड्या भीट हुन्थ्यो गाडीसँग हराउनु पथ्र्यो एकछिनलाई धुलोको च्यादरमा। लपेट्थ्यो त्यही धुलोको च्यादरले क्षणभरका लागि। कपडाको रंग नै बद्लिसकेको हुन्थ्यो।
हुलिया नै फरक भैसकेको हुन्थ्यो। सरिसिरे बतासले गरिरहेकै थियो दिशा परिवर्तन। उसकै पछि दौडिरहन्थे धुलोका कणहरु। सडकमा खुट्टा टेकाउनु पर्दा आइपुग्थ्यो धुलो पिडुलासम्म। त्यहा न जुत्ता देखिन्थे न त अनुहार नै चिनिन्थ्यो। सडक किनारका घरहरुले बोकेकै छन् धुलोको भारी।
गाडीमा चढ्दा होस् या बाइकमा,सडकमा पैदल यात्रा नै किन गर्नु नपरोस् जीउमा टासिएकै हुन्छ धुलो। यहाँ वायलको सडक एउटा प्रतिनिधि सडक मात्रै हो। हरेक गाउँको हरेक सडकको दशा यस्तै छ पहाडमा। त्यसैले त धुलाम्मे जिन्दगी छ गाउँघरतिर अचेल।
रुखका हाँगाबिगामा आशन जमाएको छ धुलोले। घरका आँगनमा बास बस्न आइपुगेको छ धुलो। लुगाकपडामा म्वाइ खान पल्केको छ धुलो। उसो त गाउँमा धुलो। सहरमा धुलो। चिहानमा धुलो। कहाँ छैन र धुलो। तर पनि यो देशको योजनामा धुलो जमेको छ। कार्यान्वयनको पाटोमा धुलो जमेको छ। राजनीतिमा उडिरहेकै छ धुलो। यता धुलो उता धुलो। जताततै धुलो।

तर पनि उसको आफ्नै विवशता छ। बर्खामा पानीले गलाउछ। साँझ बिहान शीतले भिजाउछ दिउँसो घामले सुकाउछ। अनि जब चल्छ हावा बाध्यताबश उड्नु पर्छ उसले हावाकै साथमा। अत्तालिदै उडिरहने धुलो साहार खोज्न टासिन पुगे जस्तो देखिन्छ मान्छे बोटबिरुवा जीवजन्तुहरुको जीउमा। धुलोको आफ्नो जिन्दगी, आफ्नो मर्जी कहाँ छ र ?
सबैभन्दा खतरनाक धुलो त मान्छेको मनभित्रै छ। चाहदैन मान्छे अरुको हित चिताउन। उडिरहेकै छ चारैतिर अन्याय र अत्याचारको धुलो। लोकतन्त्र गणतन्त्र के के तन्त्रको गफ चुटिरहन्छन अचेल कैयौंले तर पनि गरिब, असहार र सिमान्तकृतहरुको जीवनमा आउन सकेको छैन कुनै सुधार।
रोकिन सकेका छैनन् गाउँघरमा युवा पाइलाहरु। यहाँ सडकमा गाडी गुड्दा, हावा चल्दा उड्ने धुलोसँग छैन मान्छेको जस्तो अहंकार अनि कुनै फुर्तिफार्ति। सिक्नु पथ्र्यो मान्छेले धुलोबाट जिन्दगीको पाठ।
जेसुकै भए पनि वायल यात्रामा सडकमा स्पर्स गरिएका धुलोका कणहरुका साथै झिमेमालिका माबिका प्रअ नरबहादुर कार्की, भैसी पालक उद्यमी विश्वनाथ पाठक, कवि लोकराज भट्ट मोहन शाही सई भाष्कर पन्त लगायतका महानुभावहरुसँगको कुराकानी र पहिसपूर्ण वातावरण अविष्मरणीय थियो। घुमन्ते जिन्दगी आनन्द भन्नु नै नयाँ ठाउँको भ्रमण र नयाँ अनुहारसँगको परिचय नै त हो। भोलि त सबैले विलीन हुन नै छ त्यही धुलोमा।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया