बिएल संवाददाता
एमाले महासचिव शंकर पोखरेलले नेपाली सेनामाथि गरेको गम्भीर टिप्पणी सामाजिक सञ्जालबाट हटाएका छन्।
जेन–जी आन्दोलनका क्रममा भएको आगजनी नियन्त्रणमा सेना र काठमाडौं महानगरले तदारुकता नदेखाएको आरोप सेनाले खण्डन गरेको थियो।
शुक्रबार सेनाले पत्रकार सम्मेलन नै गर्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतदेखि दलका नेताहरूको आरोप निराधार रहेको दाबी गरेको थियो।
सेनाले आफ्नो सक्रियतामा काठमाडौंमा भएका सबै दमकलहरू प्रयोग गरेर भोलिपल्टसम्ममा सबै आगलागी नियन्त्रण गरेको दाबी गरेको थियो। हिल्टन होटल भने अग्लो भएको र त्यसअनुसारको प्रविधि र सामग्री नहुँदा निभाउन नसकिएको सेनाले भनेको थियो।
काठमाडौंका मेयर बालेन्द्र साहले पनि आगो निभाउन सक्रियता नदेखाएको आरोपको फेसबुकबाट खण्डन गरेका थिए। उनले महानगरका कर्मचारी र दमकल आगलागी नियन्त्रणमा खटिएको भिडियो प्रमाण सार्वजनिक गरेका थिए।
सेनाको पत्रकार सम्मेलनको भोलिपल्ट अर्थात शनिबार बिहान एमाले महासचिवले सेनाविरुद्ध गम्भीर टिप्पणी गर्दै सबै खरानी भएर आफैं आगो निभेको एक महिनापछि श्रेय लिने प्रतिष्पर्धा चलेको टिप्पणी गरेका थिए।
उनले भनेका थिए, ‘२४ गतेको विध्वंसमा जल्ने सबै खरानी भएपछि आगो निभ्यो। तर एक महिनापछि आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु भएको छ #लज्जाशरणम्।’

अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया