भारतले ओलम्पिक खेल्न जाने खेलाडीलाई सबैभन्दा पहिले कोरोना खोप लगाउने

ओलम्पिकमा सहभागी हुने भारतीय खेलाडीलाई सबैभन्दा पहिले कोरोना भाइरसको खोप लगाइने खेल मन्त्री किरण रिजिजुले जानकारी दिएका छन्। 

सन् २०२० को जुलाईमा आयोजना हुने भनिएको टोकियो ओलम्पिक कोरोना महामारीका कारण एक वर्षलाई सारिएको थियो। 

आउँदो ओलम्पिक १३ जुलाईदेखि ८ अगस्टसम्म टोकियोमा आयोजना हुदैछ। मन्त्री रिजिजुले आइतबार यसको जानकारी दिँदै खोप भारतमा उपलब्ध भएको खण्डमा पहिलो प्राथमिकता ओलम्पिक खेल्न जाने टिमलाई हुने बताए। 

भारतले यसपालि ओलम्पिकको अहिलेसम्मकै ठूलो टिम सहभागी गराउँदैछ। यसका लागि आफूले स्वास्थ्य मन्त्रीसँग कुरा गरेको बताए।

प्रकाशित मिति: : 2020-11-30 14:01:00

प्रतिकृया दिनुहोस्