सञ्चालनमा नआउँदै रेल्वेका १७ हजार थान क्लिप चोरियो, फलाम चोरेर कबाडमा बिक्री !

लोकान्तर

काठमाडाैं

२०७७ असोज २ गते नेपाल सरकारले आफ्नै लगानीमा भारतको कोंकोन रेल्वे कम्पनीबाट खरिद गरेको दुई सेट रेल जनकपुरधाम आइपुगेको थियो । कोरोना महामारीको चरम संकटका बेला समेत हजारौं मानिसहरूले जनकपुरधामस्थित रेल्वे स्टेसनमा रेललाई स्वागत गरे । 

भारतको जयनगरदेखि धनुषाको कुर्था स्टेसनसम्म रेलको परीक्षण गरिएको थियो । जनकपुरदेखि कुर्थासम्म परीक्षण गरिएका बेला रेलमा धनुषा, महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी उपरीक्षकहरू, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक, रेल विभागका पदाधिकारीसहित जनकपुरका पत्रकारहरू पनि चढेर रेलको आनन्द लिएका थिए ।त्यहाँ आयोजना गरिएको छोटो पत्रकार सम्मेलनमा धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रामजानकी विवाह पञ्चमी महोत्सवबाट रेल सञ्चालन गर्ने सरकारको तयारी रहेको बताएका थिए । तर, विवाह पञ्चमीदेखि रेल सेवा सञ्चालनमा आउन नसक्ने कुरा एक किसिमले निश्चित भइसकेको छ । 

जनकपुर आएको उक्त रेल त्यसको भोलिपल्ट असोज ३ गते नै धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ स्थित रहेको इनर्वा स्टेसनमा फर्कियो । उक्त स्टेसनमा हालसम्म दुवै रेलको सेटलाई सुरक्षाका दृष्टिकोणले पालले छोपेर राखिएको छ ।

रेल्वेको सुरक्षाका लागि त्यहाँ सशस्त्र प्रहरी बलले चौबीसै घण्टा सुरक्षा प्रदान गरिरहेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट इनर्वाका प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरीक्षक तेजेन्द्र कार्कीका अनुसार रेल्वे स्टेसनमा पार्क गरेर राखिएको तथा पालले ढाकिएको रेल्वेलाई सुरक्षा प्रदान गर्नका लागि ५ जना सशस्त्र प्रहरीलाई निरन्तर परिचालन गरिएको छ । 

‘धेरै महंगो रेल सेट रहेको तथा त्यसका सामानहरू चोरी नहोस्, कसैले तोडफोड नगरोस् भनेर हामीले सुरक्षा दिने काम गर्दै आएका छौं,’ कार्कीले लोकान्तरसँग भने, ‘लामो समयदेखि पार्क गरिएको रेल ठीक अवस्थामा छ कि छैन भन्ने कुराको परीक्षण समेत गरिएको थियो ।’

प्रकाशित मिति: : 2020-11-30 21:01:00

प्रतिकृया दिनुहोस्