
बिएल संवाददाता
बिबिसीद्वारा १०० प्रेरणादायी महिलामा सुचिकृत भएकोमा सपना रोका मगरलाई नेपाल मगर संघले सम्मान गरेको छ ।
नेपाल मगर संघ केन्द्रीय कार्यलय, काठमाडाैंमा आयोजित विशेष कार्यकममा बोल्दै संघका अध्यक्ष नविन रोकाले मगर समयुदायमा जन्मिएकी नेपाली चेलीले बिबिसी जस्तो विश्वको प्रतिस्थित संचारगृहले सुचिकृत गरेकोमा समग्र नेपालको नाम उच्च राखेकोमा बधाई तथा शुभकामना दिएका छन्।
कार्यक्रममा मगर संघ अमेरिकाले उनको उच्च शिक्षाको लागि रू १ लाख १० हजार ५ सयको आर्थिक सहयोगसमेत प्रदान गरेको छ ।
आगमी दिनमा अझै समाजको गौरव, देशको गरिमा र उचाइ राख्दै अगाडि बढ्नसमेत सम्पुर्ण मगर समुदायको तर्फबाट हौसला र आशिर्वाद दिएका छन्।
'नेपालका हरेक सडक गल्लीमा हजारौं वालवालिकाहरु वेवारिसे छन्, दुनियाँमा बाँच्न पाउछौं भन्ने भावना र तिनिहरुको जीवनमा सपना र आशा आशा जगाउने काममा निरन्तर कदम चालिरहोस्,' अध्यक्ष रोका मगरले कामना गरे ।
सम्मान कार्यक्रममा बोल्दै सपना रोका मगरले उनी निकै खुशि र गौरान्वित महुस भएको बताउदै बिबिसीले आफ्नो नाम १०० महिलामा प्रकाशित गरेसँगै देश विदेशमा रहेका सम्पुर्ण नेपालीहरुवाट यति धेरै माया र हौसला पाएकोमा धन्यवाद दिए ।
बिबिसीमा मेरो नाम सुचिकृत भन्दा पनि हाम्रो सानो देश नेपालको नाम विश्वले सुन्न पाएकोमा अत्यन्तै हर्षित बनाएको छ, ' निकै भावुक हुदै उनले बताइन्।
मगर संघद्वारा प्रदान गरेको सम्मानले उनलाई थप हौसला र जिम्मेवारी वोध गराएको बताएकी छिन्।
म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बिबिसी)ले यस वर्ष (सन् २०२०) का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छनोट गरेका सय जनामा परेकी थिइन्।
जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो।
‘यस वर्ष पनि सय महिलालाई उत्कृष्टको सूचीमा समावेश गरिएको छ, जो परिवर्तन र उत्प्रेरक कामको नेतृत्व गर्दै अघि बढेका छन्’, बिबिसीले उल्लेख गरेको छ ।
सपना बेवारिसे भएकाहरू, पशुपतिमै मागेर खानेहरू, बाटो बिराएर अन्जान ठाउँमा आई मरेकाहरू सबैको मृत्युसंस्कार गर्दै आएकी छिन्।
सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन्।
यो सूचीमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत परेका थिए ।
सम्मान कार्यक्रममा उनलाई नेपाल मगर संघले विशिष्ट ब्यक्तिको सम्मान गर्दै मगर मौलिक पगरी र खादा ओढाएर सम्मान गरेको थियो ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया