बिएल संवाददाता
बार्सिलोनाले च्याम्पियन्स लिगमा शतप्रतिशत नतिजा कायम राखेको छ।
पुस्कास एरिनामा बुधबार राति भएको खेलमा बार्सिलोनाले फेरेंकभारोसमाथि ३–० को सहज जीत हासिल गर्दै शतप्रतिशत नतिजा कायम राखेको हाे।
बार्सिलाेनाकाे जितमा एन्टोइन ग्रिजमन, मार्टिन ब्रेथवेट र औसमाने डेम्वेलेले गोल गरे।
खेलको १४औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो।
२०औं मिनेटमा औसमाने डेम्वेलेको पासमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे।
२८औं मिनेटमा औसमाने डेम्वेलेले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए।
फ्रिमपोङले मार्टिन ब्रेथवेटलाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो।
याे खेलमा कप्तनान लियाेनल मेसी थिएनन्। तर, मेसीलाई कसैले ‘मिस’ भने गरेनन्।
उनलाई आइतबार ओसासुनाविरुद्धको खेलमा म्यानेजर रोनाल्ड कोम्यानले ५ वटा परिवर्तन गरेका थिए।
समूह जीमा बार्सिलोनाको १५ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको युभेन्टसको १२ अंक रहेको छ।
अन्तिम खेलमा युभेन्टसविरुद्ध बराबरी मात्र गरे बार्सिलोना समूहको शीर्ष स्थानमा कायम रहनेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया