बिएल संवाददाता
बार्सिलोनाले च्याम्पियन्स लिगमा शतप्रतिशत नतिजा कायम राखेको छ।
पुस्कास एरिनामा बुधबार राति भएको खेलमा बार्सिलोनाले फेरेंकभारोसमाथि ३–० को सहज जीत हासिल गर्दै शतप्रतिशत नतिजा कायम राखेको हाे।
बार्सिलाेनाकाे जितमा एन्टोइन ग्रिजमन, मार्टिन ब्रेथवेट र औसमाने डेम्वेलेले गोल गरे।
खेलको १४औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो।
२०औं मिनेटमा औसमाने डेम्वेलेको पासमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे।
२८औं मिनेटमा औसमाने डेम्वेलेले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए।
फ्रिमपोङले मार्टिन ब्रेथवेटलाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो।
याे खेलमा कप्तनान लियाेनल मेसी थिएनन्। तर, मेसीलाई कसैले ‘मिस’ भने गरेनन्।
उनलाई आइतबार ओसासुनाविरुद्धको खेलमा म्यानेजर रोनाल्ड कोम्यानले ५ वटा परिवर्तन गरेका थिए।
समूह जीमा बार्सिलोनाको १५ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको युभेन्टसको १२ अंक रहेको छ।
अन्तिम खेलमा युभेन्टसविरुद्ध बराबरी मात्र गरे बार्सिलोना समूहको शीर्ष स्थानमा कायम रहनेछ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया