थप १३ सय ४३ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ४३ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएकाे छ। 

काठमाडौं उपत्यकामा थप ५६१ सहित देशभर १३ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४३५, भक्तपुरका २६ तथा ललितपुरका ८० जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार २८९ पीसीआर परीक्षण भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा २१ सय ११ जना निको भएर घर फर्किएका छन्। 

यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ।

हाल देशभर १५ हजार ७ सय ७६ जना सक्रिय संक्रमित छन् भने ५ सय ७६ जना क्वारेन्टाइनमा छन्।

हाल देशभर ३८८ जना संक्रमितको आईसीयु र ६५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भरहेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ५१ पुगेको छ।

प्रकाशित मिति: : 2020-12-03 16:12:00

प्रतिकृया दिनुहोस्