आइतबार, १७ अगस्ट २०२५

बारामा नियम विपरीत सञ्चालनमा रहेका ६ औषधि पसल बन्द

News Image
• • •

बारामा नियम विपरीत सञ्चालनमा रहेका ६ वटा औषधि पसललाई बन्द गराइएको छ।

जिल्लाको महागाढिमाई नगरपालिकाको विभिन्न स्थानमा मापदण्ड बिपरीत सञ्चालनमा रहेको पसल बन्द गराइएको औषधि ब्यवस्था विभाग कार्यालय वीरगञ्जले जनाएको छ।

विभागकाअनुसार औषधी विक्री गर्ने अनुमित पत्र नलिएको तथा प्रतिबन्धित औषधीहरु विक्री वितरण गरेको पाइएपछि पसल बन्द गराइएको हो। 

बन्द गरिएका पसलका सञ्चालकहरुलाई तीन दिन भित्र विभागको कार्यालयमा सम्पर्क गर्न भनिएको छ। 

विभागका अनुसार बिना अनुमति औषधी पसल सञ्चालन गर्न पाइदैन। पसल सञ्चालन गर्न सञ्चालक फार्मेसी अध्ययन गरेको हुनुपर्ने व्यवस्था छ।

शुक्रबार, मंसिर १९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)