
बिएल संवाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा नेपाली कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।
मन्त्रालयले इजरायलमा कामदार पठाउन छुट्टै कार्यविधि तयार गरेको समेत जानकारी दिएको छ। तर यो कार्यविधि स्वीकृत भने भइसकेको छैन।
‘इजरायल रोजगारीका लागि मन्त्रालयले छुट्टै कार्यविधि तयार गरेको छ। अब केही समयपछि कामदार भर्ना प्रक्रियाको टुंगो लाग्छ,’ रोजगार व्यवस्थापन महाशाखाका प्रमुख एंव सहसचिव हरि मैनालीले नेपाल लाइभसँग भने।
इजरायल रोजगारीका लागि नेपाली कामदार सरकारी संयन्त्रमार्फत पठाउने तगरी तयारी गरिएको छ। सरकारी संयन्त्र (जिटुजी)मार्फत कामदार पठाउँदा थप पारदर्शी हुने गरी कार्यविधि तयार गरिएको मन्त्रालयको भनाइ छ। दुई देशबीच भएको श्रम सम्झौताअनुसार तय गरिएको कार्यविधिमा कामदार भर्ना प्रक्रिया, लागत, कामदारको कार्यस्थल सुरक्षा, पारिश्रमिक लगायत अन्य सेवासुविधासमेत समेटिएको छ।
सुरु हुँदै कामदार छनौट प्रक्रिया
इजरायल कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेकाले केही दिनमै कामदार छनाेट प्रक्रिया सुरु हुने बताइएको छ। कार्यविधि स्वीकृत भसकेपछि दुई देशबीच कार्यान्वयनसम्बन्धी प्रोटोकलमा हस्तारक्षर हुनेछ। लगत्तै कामदार भर्ना प्रक्रिया अगाडि बढाइनेछ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया