नाै महिनापछि मास्कमा पशुपति पुगे दर्शनार्थी (भिडियाे/फाेटाेफिचर)

शनि शाक्य

काठमाडाै‌ं

कोरोना भाइरस महामारीका कारण नाै महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला भएको छ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले गएको चैत दोस्रो हप्तादेखि लागु गरेको देशव्यापी लकडाउनयता सर्वसाधारणले पशुपतिनाथ दर्शन गर्न पाएका थिएनन्।

मन्दिर खुलाउन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेकी थिइन्। मन्दिरको ढोका खुलेसँगै बिहानैदेखि पशुपति क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ।

मन्दिरका दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मन्दिर पुगेका थिए। उनीहरुले मास्क, पञ्जा र भाइजरसमेत लगाएका थिएर

 अहिले पुजाको लागि मन्दिरको पश्चिम ढोकामात्र खोलिएको छ।

भक्तजनले पश्चिम ढोकाबाट मन्दिर प्रवेश गर्ने र सोही ढोकाबाट बाहिर निस्कनुपर्नेछ। 

पशुपतिनाथ मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुने छैन।


प्रकाशित मिति: : 2020-12-16 09:33:00

प्रतिकृया दिनुहोस्