आइतबार, १७ अगस्ट २०२५

‘नबोली नबोली’को अपार सफलतापछि प्रविण र समिक्षाको स्वरमा ‘लाइदेउ माया’

News Image
• • •

अहिलेका चर्चित गायक प्रविण बेडवाल तथा गायिका समिक्षा अधिकारीको सुमधुर आवाजमा सजिएको गीत ‘लाइदेउ माया’ सार्वजनिक गरिएको छ। 

करुणा कंडेलको निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यूट्युव च्यानलमार्फत आज सार्वजनिक गरिएको हो। 

यस गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन पुरुषोत्तम न्यौपानेले गरेका छन्। 

गीतमा कलाकार दोय सागर लम्साल ’बले ’ र गरिमा शर्मा का साथै गीतकार गणेश उप्रेतीको पनि अभिनय रहेको छ। 

 यस म्युजिक भिडिओको निर्देशन तथा सम्पादन शक्ति प्रजोल घिमिरे गरेका हुन भने कथा तथा कोरियोग्राफी प्रबिन थापाको रहेको छ।

यस भिडियोलाई छायांकन नमराज घिमिरेले गरेका हुन्। पहिलो पटक लम्साल बले र गरिमा यस गीतमा प्रेम जोडीको रुपमा देखा परेका छन्।

निर्माण  पक्षले यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास रहेको आशा व्यक्त गरेका छन्। 

 यसभन्दा अगाडि पनि गीतकार उप्रेतीको ‘लगन जुरेर’ गीत सार्वजनिक भइसकेको छ।

बुधबार, पौष ०१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!