दुईतिहाई केन्द्रीय सदस्य निर्वाचन आयोगमा हाजिर हुन तयार छाैं: प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइ केन्द्रीय सदस्य निर्वाचन आयोगमा हाजिर हुन तयार रहेको बताएका छन्।

संसद विघटनविरुद्ध नारावाजी गर्दै निर्वाचन आयोग पुगे नेकपा (प्रचण्ड) अध्यक्ष दाहालले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा आधिकारिकताका लागि दबाब दिन आन्दोलन गर्नुपरेको बताए ।

उनले केन्द्रीय कमिटी बैठकमा ३१५ जना उपस्थित भएको जानकारी आयोगलाई गराउँदै दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नसमेत तयार रहेको पनि बताए।

उनले पदाधिकारीहरुलाई झण्डै ६७ प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै सूर्य चिन्ह र नेकपा आफ्नो समूहको रहेको दावी गरेका थिए । 

माइतीघरमा भेला भएर उनीहरु सर्वोच्च अदालतको गेट अगाडीबाट भद्रकाली, न्युरोड, हुँदै निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका हुन्। 

तर प्रहरीले हस्तक्षेप गर्दा सवै नेताहरु आयोग छिर्न पाएनन्। अध्यक्ष दहाल र माधव नेपाल लगायतका केही नेताहरु भने आयोग कार्यालय भित्र छिरेका थिए।

बाँकीले भने कान्तिपथस्थित आयोगको कार्यालयको मुख्य गेटअगाडीको मुख्य सडकमै बसेर विरोध प्रदर्शन गरेका थिए। 

प्रकाशित मिति: : 2020-12-25 12:55:00

प्रतिकृया दिनुहोस्