बिहिबार, १७ जुलाई २०२५

एन्फाले तीन प्रदेशमा माघ पहिलो सातादेखि प्रदेशस्तरीय लिग सञ्चालन गर्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2020-12-25 13:45:00
News Image
• • •

अखिल नेपाल फुटबल संघ (एन्फा)ले तीन वटा प्रदेशमा माघ पहिलो सातादेखि प्रदेशस्तरीय लिग सञ्चालन गर्ने निर्णय गरेकाे छ।

बिहीबार एन्फाले प्रदेश फुटबलका प्रतिनिधिसँग एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे।

बैठकका अनुसार एन्फाले प्रदेश २, बागमती प्रदेश र सूदूरपश्चिम प्रदेशमा माघ पहिलो सातादेखि लिग सञ्चालन हुनेछ। 

अब प्रदेशले एक साता भित्र लिगको खाका पठाइने एन्फाले जनाएकाे छ।

यसअघि एन्फाले फागुनमा बी डिभिजन लिग सुचारु गर्ने निर्णय गरेको थियो। 

यस्तै सी डिभिजन लिग चैत १ देखि गर्ने निर्णय भएको थियो। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?