बिहिबार, १७ जुलाई २०२५

गुप्तापछि भूमि व्यवस्थामन्त्री अधिकारीले ‘घुस’ लिएको अडियो सार्वजनिक…

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2025-07-16 19:52:00
News Image
• • •

पोखराको १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय समूहसँग घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामै दिनुपर्‍यो।

तर उनै पूर्वमन्त्री गुप्ताले नाम जोडेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भने उक्त प्रकरणबाट बच्न अनेक प्रयत्न गरिरहेका छन्।

तर उनै मन्त्री पनि घुस काण्डमा संलग्न भएको अर्को अडियो सार्वजनिक भएको छ। 

बुधवार सार्वजनिक भएको अर्को अडियोमा दाबी गरिएअनुसार घुस काण्डमा पूर्वमन्त्री गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, मन्त्री अधिकारीका छोरा मनोज अधिकारी र सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल समेत जोडिएका छन्।

बुधबार सार्वजनिक अडियोमा जग्गा प्रकरण मिलाउन घुसमा मात्र डेढ करोड बढी रकम खर्च भएको दाबी गरिएको छ। जसमा ३२ लाख रुपैयाँ मन्त्री अधिकारीले मनोजमार्फत लिएको दाबी अडियोमा छ।

अडियोमा दाबी गरिएअनुसार न्युजिल्याण्डमा बस्ने मनोज बुबा मन्त्री बनेपछि नेपाल फर्केर पैसा उठाउने, डिल गर्ने कार्यमा सक्रिय छन्।

उक्त अडियोमा पूर्वमन्त्री गुप्तासँगको कुराकानी पनि छ।

अडियोमा मन्त्री अधिकारीलाई ३२ लाख उनकै क्वार्टरमा लगेर बुझाइएको दाबी गरिएको छ।

अडियोमा कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई समेत मुछिएको छ। प्रकाश दाहाल, आर्यन शर्मा लगायतले मन्त्री अधिकारीको छोरासँग मिलेर पैसा लिएर रामचन्द्रको सरुवा गरेको दाबी छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?