बिएल संवाददाता
पोखराको १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय समूहसँग घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामै दिनुपर्यो।
तर उनै पूर्वमन्त्री गुप्ताले नाम जोडेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भने उक्त प्रकरणबाट बच्न अनेक प्रयत्न गरिरहेका छन्।
तर उनै मन्त्री पनि घुस काण्डमा संलग्न भएको अर्को अडियो सार्वजनिक भएको छ।
बुधवार सार्वजनिक भएको अर्को अडियोमा दाबी गरिएअनुसार घुस काण्डमा पूर्वमन्त्री गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, मन्त्री अधिकारीका छोरा मनोज अधिकारी र सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल समेत जोडिएका छन्।
बुधबार सार्वजनिक अडियोमा जग्गा प्रकरण मिलाउन घुसमा मात्र डेढ करोड बढी रकम खर्च भएको दाबी गरिएको छ। जसमा ३२ लाख रुपैयाँ मन्त्री अधिकारीले मनोजमार्फत लिएको दाबी अडियोमा छ।
अडियोमा दाबी गरिएअनुसार न्युजिल्याण्डमा बस्ने मनोज बुबा मन्त्री बनेपछि नेपाल फर्केर पैसा उठाउने, डिल गर्ने कार्यमा सक्रिय छन्।
उक्त अडियोमा पूर्वमन्त्री गुप्तासँगको कुराकानी पनि छ।
अडियोमा मन्त्री अधिकारीलाई ३२ लाख उनकै क्वार्टरमा लगेर बुझाइएको दाबी गरिएको छ।
अडियोमा कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई समेत मुछिएको छ। प्रकाश दाहाल, आर्यन शर्मा लगायतले मन्त्री अधिकारीको छोरासँग मिलेर पैसा लिएर रामचन्द्रको सरुवा गरेको दाबी छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया