मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई निलम्बन गरेका छन्। 

प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई बिहीबार निलम्बन गरिएको बताए।

 १५ जना तीन महिनाका लागि निलम्बन गरिएकाे हाे। अब उनीहरुले संसदीय दलको कुनैपनि क्रियाकलापमा भाग लिन पाउने छैनन्।

राईले निलम्बन गरेका सांसदहरुमा भीमप्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहाङ, साबित्राकुमारी रेग्मी र सरिता थापा छन्।

यसअघि आजै नेकपाका बहुमत सांसदहरु सहभागी संसदीय दलको बैठकले मुख्यमन्त्री शेरधन राइलाई दलको नेताबाट हटाउदै संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको थियो।

प्रकाशित मिति: : 2020-12-31 15:39:00

प्रतिकृया दिनुहोस्