आइतबार, ०३ अगस्ट २०२५

प्रतिनिधिसभा विघटन: संवैधानिक कि बृहत् पूर्ण इजलासमा सुनुवाइ भन्ने बहस सुरु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। 

अघिल्लो पटकजस्तै आज पनि रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि बृहत् पूर्ण इजलासमा गर्ने भन्ने विषयमा बहस जारी छ।

रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन्।

अहिले प्रधानमन्त्रीका निजी वकिल वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बहस गर्दै छन्।

शुक्रबार, माघ ०२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)