आइतबार, १७ अगस्ट २०२५

‘डियर मेयर, सिमेन्ट र डण्डीको कमल हामीलाई चाहिँदैन’ (भिडियाे/फाेटाे फिचर)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडाै‌ं
• • •

सम्पदा संरक्षण अभियन्ताले काठमाडौं महानगरपालिका घेराउ गरेका छन्।

महानगरले रातारात डोजर लगाएर कमलपोखरी भत्काएपछि उनीहरुले मंगलबार विरोधस्वरूप घेराउ गरेका हुन्।

‘डियर मेयर, रानीपोखरीबाट पाठ नसिकेकोमा हामी लज्जित छौं’,‘डियर मेयर, प्रकृति दोहन बन्द गर’, ‘डियर मेयर, सिमेन्ट र डण्डीको कमल हामीलाई चाहिँदैन’, डियर मेयर, जीवनका आधारभूत वस्तु माटो र पानीसँग हाम्रो आत्मीयता छ’ लगायत प्लेकार्ड बोकेर उनीहरूले धर्ना दिएका हुन्। 

तस्वीरहरु

 

मंगलबार, माघ ०६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!