
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारीमाथि असन्तुष्टि जनाएका छन्।
बिहीबार प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले विदेशीको नक्कल गर्दै आफूभन्दा ठूलालाई तिमी सम्बोधन गर्दै समाचार लेख्ने गरेकोमा असन्तुष्टि जनाएका हुन्
‘विदेशीको नक्कल गर्दै आफूभन्दा ठूलालाई तिमी सम्बोधन गर्ने गरेका छन्। महात्मा गान्धीका तीन बाँदर जस्तै छन् केही पत्रकार र सञ्चार माध्यमहरु। स्वार्थका लागि समाचार लेर्ख्ने होइन। यो पार्टीसँग निकट भएकाले म तपाईहरुलाई आग्रह गर्छु, पत्रकार हुँ भन्ने वित्तिकै फलानो पार्टीको हो भनेर चिनोस्।’
प्रधानमन्त्री ओलीले पित पत्रकारिता देशको ठूलो समस्या भएको पनि बताए।
‘राम्रो कुरा देख्नुपर्छ भने बरु आँखा छोप्छु। राम्रो कुरा सुन्नुपर्छ भने बरु कान थुन्छु। राम्रो कुरा बोल्नुपर्छ भने बरु मुख थुन्छु। तर सुन्दिनँ, हेर्दिनँ र बोल्दिनँ भन्ने केही छन्। अनि तिनले झुटो छाप्छन्, गलत छाप्छन् र जनतालाई दिग्भ्रमित पार्न,’ उनले भने।
उनले अहिले सञ्चार माध्यमले छापिरहेका सामग्री देशको हितमा नभएको बताए। ‘यो काम राष्ट्रको राष्ट्रको हितको पक्षमा छँदैछैन। कुनै हालतमा छैन र हुनै सक्दैन यस्तो काम। तर कुरा के हुन्छ भने जब मान्छे स्वार्थबाट अन्धो हुन्छ। अथवा जब मान्छे आत्मा बेच्छ। त्यसपछि नर्क पर्छ।’
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया