
सेतोपाटी
टुँडिखेल फन्को मार्दा अचेल जहिल्यै मेरो आँखा त्यहाँ एउटा रूख खोज्छ — मसिनो तारजालीले बारेको नवजात खरीको बोट।
मलाई त्यो रूख प्रिय लाग्नुका दुई कारण छन्।
पहिलो कारण व्यक्तिगत छ। त्यो रूख रोप्ने एकजोडी हात मेरी छोरीको पनि थियो।
काठमाडौंलाई माया गर्ने नागरिकहरूले खुला सार्वजनिक स्थल अतिक्रमणविरुद्ध 'अकुपाई टुँडिखेल' अभियान सुरू गरेका थिए। अभियानको दोस्रो साता, २०७६ कात्तिक ३० गते, हामीले टुँडिखेलमा त्यो खरीको बोट रोपेका थियौं।
त्यस दिन, शनिबार मध्याह्न, टुँडिखेलमा भेला भएकाहरूले कसरी रूख रोप्ने भनेर सल्लाह गर्दा पुरानो पुस्ताले माटो भर्ने र नयाँ पुस्ताले पानी हाल्ने सुझाव सर्वसम्मत भयो। नयाँ पुस्ताका मेरी छोरी र लगभग उसकै उमेरकी अर्की छोरीले वृक्षलाई पानी दिए। माटो हाल्ने काम वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ, अभियन्ता रूपा जोशी लगायतले गरे।
राज्य अतिक्रमणको शिकार टुँडिखेलमा खरीको बोटले सास लिएको अवसरलाई हामी प्रत्यक्षदर्शीहरूले ताली पड्काएर स्वागत गर्यौं।
दोस्रो कारण हो, टुँडिखेलमा खरीको बोटले दिने अर्थ। पञ्चायत कालको सुरूआतसम्म टुँडिखेलमा त्यस्तै रूख थियो। समयको रापताप झेलेको अजंग खरीको बोटमुनि उभिएर राज्यले थुप्रैचोटि जनतालाई सम्बोधन गर्दै सार्वजनिक घोषणा गरेको इतिहास छ। त्यो रूख हामीलाई अक्सिजन दिने वनस्पति मात्र थिएन। हाम्रो बर्खाको ओत र गृष्मको छहारी मात्र थिएन। त्यो नागरिक अभिव्यक्तिको प्रतीक थियो। राज्यलाई नागरिकसँग जोड्ने सेतु पनि थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया