मङ्गलबार, २३ सेप्टेम्बर २०२५

बारका चार पूर्वअध्यक्षद्वारा प्रधानमन्त्री ओलीको भर्त्सना

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •


नेपाल वार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले अपमान गरेको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाएका छन् ।

कानून व्यवसायीहरुको छाता संगठन नेपाल वार एशोसिएसनका चार जना पूर्वअध्यक्ष– वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर भनेका छन्, ‘यस सम्बन्धमा प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अवहेलनाजन्य कार्य गरेवापत् उहाँलाई जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

संसद पुनर्स्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकीललाई लिएर तमासा गर्न गएछन्’ भनेको उनीहरुको आरोप छ । संयुक्त वक्तव्यमा प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको बताएका छन् । 

वरिष्ठ अधिवक्ता भण्डारी जीवितमध्ये सबैभन्दा वरिष्ठ अधिवक्ता हुन् । उनको लाइसेन्स नम्बर ९ हो ।

No description available.

आइतबार, माघ ११, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!