
बिएल संवाददाता
भोजपुरमा एक हजारभन्दा बढी मानिसले कोरोना भाइरस विरुद्धको खोप लगाउने भएका छन् ।
आजबाट शुरु भएको कोरोना विरुद्धको खोप अभियानमा एक हजार ३३५ लाई खोप दिइने जिल्ला अस्पतालका सूचना अधिकारी सुरेन्द्र भण्डारीले जानकारी दिए।
अभियानको पहिलो दिनमा जिल्ला अस्पताल भोजपुरका चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायत १२८ जनालाई खोप लगाइएको हो।
खोपको पहिलो डोज लगाएर दोस्रो डोज चार सातापछि लगाएसँगै मात्रा पूरा हुने लगाइएको स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीका अनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, सामुदायिक स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक, सहचालक र कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप दिइने छ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया