बाँकेमा काेराेनाका कारण अनमीकाे मृत्यु

बाँकेमा कोरोना भाइरसको संक्रमणबाट एक अनमीको मृत्यु भएको छ।

मृत्यु हुनेमा बैजनाथ गाउँपालिकाको टिटिहिरिया स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारती रहेकी छन्।

उनको उपचारको क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा शुक्रबार विहान मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

माघ १३ गते संक्रमण पुष्टि भएकी उनी अस्पतालमा भर्ना भएकी थिइन्। 'उनको आइसोलेसन वार्डमा उपचारकै क्रममा मृत्यु हो' उनले भने।

उपचारका क्रममा उनको स्वास्थ्यमा सुधार नआउँदाअघि विहान ५ः२७ बजे मृत्यु भएको भेरी अस्पतालले जनाएको छ।

उनी आफू कार्यरत स्वास्थ्य चौकीमा महामारी नियन्त्रण र उपचारमा फ्रन्टलाइनमा खटिदै आएकी थिइन्। सोहि कारण उनी संक्रमित भएकी हुन्। उनका श्रीमान गोर्कण गिरी स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख हुन्।   

प्रकाशित मिति: : 2021-01-29 13:41:00

प्रतिकृया दिनुहोस्