इदिता पपुलर प्लेयर

फिलिपिन्सकी इदिता प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा सोमबार ‘मोस्ट पपुलर प्लेयर’ बनेकी छन्।

कोटश्वर, मुलपानी, स्युचाटार र काभ्रेस्थली तेक्वान्दो डोजाङ तथा बाल गीताञ्जली र मोर्निङ ग्लोरी स्कुलको आयोजनामा जनवरी २८ मा सम्पन्न भएको प्रतियोगिताको विजेता सोमबार घोषणा गरिएको  हो। उक्त विधाको विजेताको चयन युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिएको थियो।

इदिताले सहभागी मध्ये सर्वाधिक १० हजार ९ सय २० भ्युज पाइन्। इदिताले पुरस्कार बापत १ सय ५० अमेरिकी डलर प्राप्त गरिन्। इदितालाई युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङले नगद पुरस्कार हस्तान्तरण गरेको आयोजकले जनाएको छ।

नगद पुरस्कारको प्रायोजक पनि गुरुङ नै हुन्। इदिता फिलिपिन्सको भए पनि केहि वर्षयता हङकङमै बस्दै आएकी छन्। इदिता युनिटीमै प्रशिक्षणरत छिन्।

कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालित उक्त प्रतियोगितामा फिलिपिन्सकै चन्दा रोमेरिया (९११६ भ्युज) दोश्रो, फिलिपिन्सकी आइरिल भर्जोला (४८७८ भ्युज) तेश्रो तथा अमेरिकाकी जियाना थापा (४४५२ भ्युज) चौथो भए।

प्रतियोगितामा ३१ राष्ट्रका १ हजार ३ सय १५ खेलाडीले पुम्सेतर्फ ६० र हाइ स्पिडतर्फ ३० गरी ९० स्पर्धामा सहभागिता जनाएका थिए । पाराको पनि छुट्टै प्रतिस्पर्धा गराइएको थियो ।

प्रकाशित मिति: : 2021-02-01 18:21:00

प्रतिकृया दिनुहोस्