सार्वजनिक अभियुक्तको लिस्टबाट एकाएक गायब टेकबहादुर, १६ वर्षअघिको रसियन नागरिकसँगको त्यो अपराध कनेक्सन

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : प्रहरीले लहरै अभियुक्तहरूको नाम लेखिएको प्लेट राखेको थियो। सँगै बरामद भएको लागू औषध र रकमसमेत। त्यही अभियुक्तहरूको नाममा एउटा नाम थियो- टेकबहादुर राउत। तर एक छिनमै  हट्यो त्यो नेमप्लेट। धेरैले हटाएको पत्तोसमेत पाएनन्।

आइतवार लागूऔषध नियन्त्रण ब्युरोले लागू औषध कारोबारमा संलग्नलाई सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिएको थियो। पत्रकार सम्मेलन सकियो। ९ जना अभियुक्तलाई सार्वजनिक पनि गरियो। तर टेकबहादुरको विषयमा प्रहरीले शब्दसमेत उच्चारण गरेन। एकाएक अभियुक्त टेकबहादुर प्रहरीको टेबलबाट नै गायब भए!

आखिर को थिए टेकबहादुर? अनि किन अभियुक्तको सुचीमा राखेर प्रहरीले सुटुक्क हटायो? पत्रकार सम्मेलन सकिएपछि केही समय कुरेर ब्युरोका प्रमुख एसएसपी दिलीप चौधरीसँग भेटियो। अनि सोधिखोजी गर्दा पत्ता लाग्यो - टेकबहादुर त नामी लागूऔषध तस्करी रहेछन्। देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय रूपमा नै उनको लागूऔषध कारोबारीसँग कनेक्सन भेटियो। आखिर यस्ता अभियुक्तलाई किन सार्वजनिक गरिएन? 'केही अनुसन्धान बाँकी भएर हो। कसैले याद गरेन भनेको तपाइले थाहा पाउनु भएछ। यसको छुटै कथा छ,' एसएसपी चौधरीले त्यसपछि सुनाए।

प्रकाशित मिति: : 2021-02-14 18:58:00

प्रतिकृया दिनुहोस्