माओवादी पूर्व लडाकू: नेकपाका दुवै समूह किन होडबाजी गर्दैछन्

बिबिसी

काठमाडाै‌
NETRA KC / BBC
NETRA KC / BBC

नेपाल कम्युनिष्ट पार्टीमा देखा परिरहेको विभाजनसँगै दुवै पक्षका नेताहरूले दश वर्षको सशस्त्र द्वन्द्वमा सहभागी पूर्व लडाकूहरूलाई आफ्नो पक्षमा तान्ने कसरत गरिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहका नेताहरू अनि पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र माधवकुमार नेपाल र उनीहरूको समूहका नेताहरूले अलग अलग रूपमा पूर्व लडाकूहरूसँग भेला र अन्तरक्रिया गरेका छन्।

आठ वर्षअघि पूर्व लडाकूहरूको समायोजन र पुनर्स्थापना प्रक्रिया सम्पन्न भएसँगै नेपालको शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण अध्याय समाप्त भएको ठानिएको थियो।

आफूहरूलाई राज्य र विभिन्न दलहरूले बेवास्ता गरिरहेको बताउने पूर्व लडाकूहरू यतिबेला सरकारले पुनर्स्थापना कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइरहेका छन्।

राष्ट्रसंघद्वारा प्रमाणित गरिएका पूर्व लडाकूको रेखदेख, समायोजन तथा पुनर्स्थापना प्रक्रियाको नेतृत्व गरेका एक जना पूर्व उच्च सैनिक अधिकारीले अहिले देखिएको तानातानको अवस्था स्वाभाविक भएपनि कुनै एक पार्टीले अख्तियार गर्ने नीतिले मात्रै विगतमा राहत नपाएका पूर्व लडाकू र बालसैनिकका समस्या समाधान नगर्ने बताएका छन्।

प्रकाशित मिति: : 2021-02-20 10:50:00

प्रतिकृया दिनुहोस्