नेकपाको प्रचण्ड समूहका नेता योगेश भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेर स्वतन्त्र न्यायालयको गरिमालाई उचो गरेको बताएका छन्।
अदालतको फैसलालगत्तै आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्, ‘सर्बोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको छ। मुलुक, लोकतन्त्र र ब्यबस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको छ।’
उनले लेखेका छन्, 'सम्माननीय प्रधान न्यायाधीश र माननीय न्यायधिशज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभर ब्यक्त गर्दछु। जनताको जित, लोकतन्त्रको जित।'