बिएल संवाददाता
नेकपाको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन्।
सर्वोच्च अदालतले मंगलबार संसद् पुनर्स्थापनाको निणर्य सुनाएसँगै प्रचण्डले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई लाज छ भने राजीनामा दिनुस् अब तपाईंका दिन सकिए। जनताले तपाईंको कदमलाई देखिसके।’
देशभरि विजय उत्सव मनाउन प्रचण्डले देशभरि आफूनिकटका नेता–कायकर्तालाई देशभरि विजय उत्सव मनाउन पनि आग्रह गरे। सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै सर्वोच्चको साहसिक निणर्यको समर्थन गर्दै आफ्ना नेता कार्यकर्तालाई बिजय उत्सव मनाउन पनि निर्देशन दिए।
प्रचण्डले प्रधानमन्त्री केपी ओलीको भ्रमबाट मुक्त हुन सबै दललाई आग्रह पनि गरे। प्रचण्डले सबैलाई ओलीले भ्रममा राखेको भन्दै भने, ‘अब सबै जना मिलेर अघि बढ्नुपर्छ। केपीजीको भ्रमबाट मुक्त हौँ। केपीजीको पछि नलागे हुन्छ, उहाँका दिन सकिए।’
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेकोप्रति प्रचण्ड-माधवपक्षीय नेकपाका अध्यक्षद्वयले खुशी साटासाट गरेका छन्।
पूर्वनिर्धारित सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एक अर्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका हुन्।
भोलिका लागि तय भएको प्रचण्ड-माधव पक्षीय नेकपाको विरोधसभा अब विजयी सभामा परिणत हुने भएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया