बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
मगंलबार सर्वोच्चले गरेको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछिको अवस्थाबारे छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।
त्यसो त देउवालाई प्रचण्ड माधवले सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरिसकेका छन्। तर देउवाले भने अझै खुलेर आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।
आज अपरान्ह ३ बजे बस्न्न लागेको पदाधिकारी बैठक पश्चात देउवाले आफ्नो र पार्टीको आधिकारिक धारणा राख्नसक्ने धेरैको अनुमान छ। पदाधिकारी बैठक पार्टी देउवाकै निवासमा बस्दैछ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिएका हुन्।
पुर्वी तराई पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलपनि बैठकको लागी बुधबार साँझ नै काठमाडौँ आईपुगेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया