बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
मगंलबार सर्वोच्चले गरेको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछिको अवस्थाबारे छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।
त्यसो त देउवालाई प्रचण्ड माधवले सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरिसकेका छन्। तर देउवाले भने अझै खुलेर आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।
आज अपरान्ह ३ बजे बस्न्न लागेको पदाधिकारी बैठक पश्चात देउवाले आफ्नो र पार्टीको आधिकारिक धारणा राख्नसक्ने धेरैको अनुमान छ। पदाधिकारी बैठक पार्टी देउवाकै निवासमा बस्दैछ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिएका हुन्।
पुर्वी तराई पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलपनि बैठकको लागी बुधबार साँझ नै काठमाडौँ आईपुगेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया