प्रकाशमान सिंहको जीवन : देशको क्याप्टेन होस् भनेर होला, प्लेनको क्याप्टेन हुन दिइएन

रातोपाटी

काठमाडौँ

कुवेर गिरी 

प्रकाशमान सिंह कुशल राजनीतिज्ञ तथा नेपाली काँग्रेसका शीर्षस्थ नेता मध्येका एक हुन् । उनी लौह पुरुषबाट परिचित गणेशमान सिंहका छोरा पनि हुन् । सर्वसाधारण माझ उनी नेपाली काँग्रेसका प्रभावशाली नेता र इमानदार व्यक्तित्व भनेर चिनिन्छन् । २०३० सालदेखि नेविसङ्घबाट राजनीति थालेका सिंह ०३६ मा नेविसङ्घ काठमाडौँ जिल्ला अध्यक्ष भए । ०३८ मा काठमाडौँ जिल्ला सदस्य र ०४३ मा जिल्ला सचिव भए । उनले ०४५ मा काठमाडौँ जिल्ला सभापति भएपछि लगातार दुई कार्यकाल नेतृत्व सम्हाले । त्यसपछि सिंह काँग्रेसको केन्द्रीय राजनीतिमा छिरे । ०५७ सालमा पोखरामा भएको १०औँ  महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएका सिंह ०५८ सालमा पार्टी फुट्दा शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उपसभापति भए । ०६४ मा पार्टी एकीकरण हुँदा उपसभापति नै भए ।

०६७ सालको १२ औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा जित्दा सिंहले पनि महामन्त्रीमा जिते । १३ औँ महाधिवेशनमा सिंह केन्द्रीय सदस्य भए । ०४८ र ०५१ को चुनाव हार व्यहोरेका सिंह ०५३ मा राष्ट्रिय सभामा सदस्य भए । देउवा नेतृत्वको सरकारमा उनी वन तथा वातावरण, कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारमा जनसङ्ख्या मन्त्रीसमेत भए । सुशील कोइराला प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री भएका उनी ०७० सालमा संसदीय दलको उपनेता भए । हाल उनी काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । जोसुकै व्यक्ति वा पार्टीका सदस्य हुन् आफूकहाँ काम लिएर आउनेलाई सन्तुष्ट गराएर पठाउने सिंहको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

प्रकाशित मिति: : 2021-02-27 14:00:00

प्रतिकृया दिनुहोस्