आइतबार, ०३ अगस्ट २०२५

चर्चामा ६५ रूपैयाँको खानाघर, कसरी सम्भव ?

देखापढी

देखापढी

काठमाडाै‌ं
News Image
• • •

कृष्णसिंह धामी

गत माघ १७ गते अनामनगरमा ६५ रूपैयाँमै खाना खुवाउने ‘हाम्रो खानाघर’ सञ्चालनमा आयो। लकडाउनको समयमा बेरोजगारलाई निःशुल्क खाना खुवाउँदै आएको संस्था हाम्रो टिम नेपालले सो खानाघर स्थापना गरेको थियो। जहाँ ६५ रूपैयाँमै पेटभरी सादा खाना उपलब्ध हुन्छ। 

निकै महंगो शहरको केन्द्रबिन्दु अनामनगरमै स्थापना भएको सो खाना घरले धेरैलाई तान्यो। दैनिक एक हजार जनालाई खाना खुवाउने लक्ष्यसहित स्थापना गरिएको खानाघरमा त्यतिकैको संख्यामा खाना खान आउँछन्। 

खाना घरमा दैनिक ज्याला मजदुरी गर्ने, आम्दानी कम हुने, रोजगारी नपाएर बसेकाहरू मात्र नभएर सस्तोमा राम्रो खाना खानेहरूका लागि पनि आकर्षक गन्तव्य बनेको छ। 

अहिले यतिधेरै चाप बढेको छ कि त्यही चापका कारण कलंकीमा पनि शाखा खुलेको छ। कलंकी सिनेमाको माथिल्लो तलामा खुलेको शाखाको सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व मिस नेपाल रुबी राणाले उद्घाटन गरे। उद्घाटन गर्र्दै उनीहरूले यसको शाखा अब देशैभर खुल्ने बताए। 

“हाम्रो अपेक्षाभन्दा निकै बढी ग्राहकहरू आइरहेका छन्। हामी सस्तोमा गुणस्तरहीन खाना खुवाउँदैनौं। सरसफाई पनि विशेष ध्यान दिइन्छ। खानाको गुणस्तरमा कुनै कमी हुन दिएका छैनौं”, हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले भने। 

सस्तोमा खाना पाइने ठाउँ भनेपनि नराम्रो दृष्टिकोणले हेर्ने गरेको भन्दै एक पटक आएका ग्राहक नियमित आउने गरेको पन्तको भनाइ छ। “हाम्रो उद्देश्य भनेको धेरै नाफा भन्दा पनि कसैको पेट भोकले नमरोस् भन्ने हो। नाफा भन्दा पनि सेवाको भावनाले हामीले खानाघर सञ्चालनमा ल्याएका हौं”, अध्यक्ष पन्तले भने। 

मंगलबार, फाल्गुण १८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)