बुधबार, ३० जुलाई २०२५

सभामुख सापकोटा, प्रचण्ड र माधव नेपालले लगाए कोरोनाविरुद्धको खोप 

News Image
• • •

सभामुुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाएका छन्।

मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुगेर आज उनले कोरोनाविरुद्धको पहिलो खोप लिएका हुन्।

पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुगेर खोप लगाए।

प्रतिनिधिसभाको आगामी आइतबारदेखि शुरु हुने सातौँ अधिवेशनमा सहभागी हुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको व्यवस्था गरिएको छ। रासस

बुधबार, फाल्गुण १९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)