एक रङ्गको माण्ठ निको, बुहुरङ्गको कर्णाली निको 

एकफेर कर्णाली फेरि काठमाडौं पुगेको छ। यसपालि काठमाडौं पुगेको कर्णाली एक रंगको छैन। बहुरंगी छ।

प्रचार गरिएझैं कर्णाली पानीजस्तो बिनारंगको छैन। कर्णालीको पानी त रंग फेर्छ भने सिंगो भूगोल त यसै पनि रंग फेर्छ नै।

जुम्लाको गिडी दह, मुगुको रारा दह र डोल्पाको फोक्सेन्डो दह आफ्नो रंग फेरिरहन्छन्। यिनैले कर्णालीलाई रंगिन बनाउने काम गरेका छन्। पाखा पहराको कुरा पछि गर्दै गरौँला।

रंगिन भूगोलसँग मन साँटेर पिरती लाउन्या कर्णालीबासी भने सत्ताको नजरमा फोहोरी भए। तर भनाइ नै छ, 'एक रंगको माण्ठ निको, दुइ रंगको(बहुरंग) कपडा निको।'

कर्णाली कपडा जस्तो दुई रंगको (बहुरंग) छ। यहाँका माण्ठ एक रंगका छन्। बरु काठमाडौंका माण्ठ, नेता र तीनका कुडा बहुरंगी छन्। एक दिन एक खालको कुरा हुन्छ भने अर्को दिन फरक खालको। दुरदराज हाकिरहेको काठमाडौंको अब विश्वास छैन। 

तरपनि कर्णाली उसलाई सम्झाइरहन्छ। यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भनिरहन्छ। इतिहासमा काठमाडौं कर्णालीसँग हारिरहेको थियो तर १८४६ पछि भने आफैँ हार्न पुग्यो।



स्वयम्भूका आँखाले पनि पक्षपात गरे !

 

लोभलाग्दो भूगोलका सिपालु माण्ठ (भिडियोसहित)



त्यसयता सधैँ हारिरहेको कर्णाली रंगमञ्चमार्फत् काठमाडौंको मन जितिरहेको छ। जितेर दबाउने उसको नियतलाई गिज्याइरहेछ र भनिरहेछ, 'भूगोलको रंग देखाऊ, मान्छेको रंग नदेखाऊ।'

यसपालि कर्णालीका रंग बोकेर काठमाडौं फेरि काठमाडौं पसेका छन्, हिरा बिजुली नेपाली। उनी बेलाबेला काठमाडौंको ड्या्ग्रो ठोक्न कर्णाली बोकेर राजधानी पसिरहन्छन्। 

उनी राजधानी पस्छन्, सबैको मन जित्छन् र फर्किन्छन्। जसरी सिंजा साम्राज्यका राजा बेलाबेला काठमाडौंलाई जितेर यता फर्किन्थे। त्यसबेला शासक लडेर जित्थे। यसबेला हिरा गतिविधि, बोली र व्यवहारले सबैको मन जितिरहेका छन्।

यसरी रंग बोकेर काठमाडौं जानुको कारण छ, मुगुका जेहेन्दार विद्यार्थीको सहयोगका लागि भनेर कर्णालीका रंगहरु देखाउन। 

यो ललितपुरमा भएको साङ्गीतिक कार्यक्रम हो। जसको नामाकरण 'कर्णालीका रंगहरु' भनेर गरियो।

कर्णाली आर्ट सेन्टरको आयोजनामा भएको कार्यक्रमबाट संकलन हुने रकम मुगुका जेहेन्दार विद्यार्थीको सीप विकासमा खर्च गरिने उदेश्य राखिएको छ।



निर्माण सम्पन्न नहुँदै पुरानो भएका जुम्लाका आयोजना

 

जुम्लामा लोकप्रिय हुँदै 'वन मुर्गी'को मासु (भिडियाे)



कर्णाली आर्ट सेन्टरले सन् २०१५ बाट सीपसँगै संस्कृतिको संरक्षण गर्ने उदेश्यले स्कुल टू स्कुल परियोजना सञ्चालन गरिरहेको छ। विशेष गरी स्थानीय संस्कृति संरक्षण र संस्कृतिसँगै जोडेर उद्यमशीलको विकास गर्ने हेतुले काम गरिरहेको निर्देशक हिरा बिजुली बताउँछन्।

स्कुल टु स्कुल परियोजनामार्फत मुगुका ५ वटा सरकारी विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने तयारी छ।

'विद्यालयमा स्थानीय गीत, नाच र अन्य लोक संस्कृतिको ज्ञान दिइएको पाइँदैन,' उनले भने, ‘सरकारी स्तरबाट अहिले यस्तो अभ्यास नभएका बेला हामीले अभियान थालेका छौं।'

यलमाया केन्द्र पाटनढोका मंगलबार साँझ ५ बजे कर्णालीका रंगहरु सुरु भयो। जसमा गायिका झूमा लिम्बू र लोचन रिजालले गाए भने भने लेखक बुद्धिसागरले कविता वाचन गरे।

कर्णालीको रंग देखाउने क्रममा कर्णालीको पहिचान झल्किने चित्रहरुको पनि प्रदर्शन गरियो। यसले फेरि पनि प्रमाणित गरिदियो, 'एक रंगको माण्ठ निको हुन्छ.....।'

प्रकाशित मिति: : 2021-03-03 15:26:00

प्रतिकृया दिनुहोस्