बुधबार, २७ अगस्ट २०२५

देउवालाई प्रधानमन्त्री बनाएर हाम्रो लोकतन्त्र बाँच्छ ?

रातोपाटी

रातोपाटी

काठमाडौं
News Image
• • •

राजनीति शास्त्रीदेखि लिएर अरूहरुले पनि एउटा संकथन (न्यारेटिभ) बदल्नुपर्छ जस्तो लाग्छ। त्यो न्यारेटिभ भनेको पार्टीहरु कसरी उद्भव भए भन्नेबारे हाम्रो चिन्तन वा सोचाइ फरक छ जस्तो लाग्छ।

नेपालमा कम्युनिस्ट होस् वा काँग्रेस, मुख्यगरी यी दुईवटै पार्टीको जरो बेलायत हो, चीन र रुस होइन। हामीकहाँ कम्युनिस्ट पार्टी चीनमा जस्तो कम्युनिष्ट क्रान्ति गर्न जन्मेको होइन।

बहुदलीय व्यवस्थाभित्र, पार्टीभित्र, पार्टी सिस्टम नै बनाउनकै लागि कम्युनिस्ट पार्टीको जन्म भएको होइन। ग्रेटव्रिटेन कम्युनिस्ट पार्टी (जीबीसीपी)बाट भारतीय कम्युनिस्ट पार्टी र  भारतीय कम्युनिस्ट पार्टीबाट हामीकहाँ आयो। म पनि वामपन्थी नै हो। हाम्रो जिनमा चुनाव नै लेखिएको छ, लड्नुपर्छ नै भन्ने लेखेको छ।

त्यत्रो लडाइँ लडेर प्रचण्ड फेरि चुनाव नै लड्न आइपुगे। यसलाई सैद्धान्तिकृत वा अभ्यास गर्नुपर्ने बेलामा अलिकति सोच्नुपर्यो। जस्तो शेरबहादुर देउवाले कम्युनिस्टहरुले रुवाए भने जस्तो कुरा नगरौँ। यी कम्युनिस्ट र काँग्रेस पार्टीको जिन कहाँबाट आयो ? भन्ने न्यारेटिभ चाहिँ सच्याउनुपर्छ भन्ने मलाई लाग्छ।

अर्को एउटा कुराको न्यारेटिभ बदल्नुपर्छ जस्तो लाग्छ। उहिले पनि हाम्रो सोसाइटी भनेको प्लुरालिस्टिक (बहुलवादी) सोसाइटी नै थियो। एकीकरणपछिको हिसाब गर्ने हो भने शाहहरु थिए, पाण्डे, थापा, राणा, बस्नेत घरानियाहरु आए।

एउटाले अर्कोलाई विस्थापित गरेर शासनसत्ता लिइराखे। त्यसमा सबैभन्दा बढी ती भारदारहरुलाई मारेर राणा पावरफुल भएर आए। त्यसकारण उसले १०४ वर्ष शासन चलायो। बहुदल आइसकेपछि गिरिजाप्रसाद कोइराला वा कोइराला खानदानले शासन गरे।

कोइरालाहरुको वंश सकिएपछि अहिले देउवाले चलाएका छन्। अहिले देउवाको पार्टी क्षेत्री पार्टी भएको छ। अब यो कम्युनिस्ट पार्टी भनेको बाहुनहरुको पार्टी भएको छ। मैले यो साम्प्रदायिक कुरा गरेको होइन, सोझो अर्थमा यसको जिनको कुरा गरेको छ। यहाँभित्र जुनखालको व्यवस्थापनको कुरा छ यो व्यवस्थापनको सैद्धान्तिक कुरा कहाँबाट आयो भन्ने हो।

यो फेरि हाम्रोमा मात्रै बहुलवाद भएको होइन। त्यो चीनमा पनि साङ्घाई र बेइजिङ ग्रुप भन्ने छ। त्यहाँ कसले कसलाई डोमिनेट गर्ने भन्ने हुन्छ। जियाङ जेमिनको पावर कार्टेल गर्नका लागि अघिल्ला राष्ट्रपतिले दुई वर्षसम्म सैनिक कमान्ड गर्न सक्थे नि ! त्यो जेमिनको रिसले अहिले नै सी चिनफिङ तिमी लैजाऊ भनेर दिए। त्यहाँ पनि गुटकै कुरा थियो। समाजमा बहुलता  भन्ने हुन्छ। त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने खालका कुरा हुन्। त्यसकारण हामीकहाँ पनि यो न्यारेटिभलाई फेर्न जरुरी छ।

आइतबार, फाल्गुण २३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)