बुधबार, २० अगस्ट २०२५

म्यान्मार कू: प्रदर्शनकारीले कसरी सामाजिक सञ्जाललाई उपयोग गरिरहेका छन्

बिबिसी

बिबिसी

काठमाडौँ
News Image
• • •

म्यान्मारको याङ्गुनमा काँधमा काँध मिलाएर उभिएका युवा प्रदर्शनकारीको एउटा समूहले सडक बन्द गरेको छ।

केहीले सेतो कडा टोप लगाएका छन्। अन्यले साइकलको हेलमेट लगाएका छन्। उनीहरूले आफूलाई सुरक्षित राख्न घरेलु ढाल, चस्मा र अनुहार छोप्ने मास्क लगाएका छन्।

तर उनीहरूको एउटा रक्षात्मक उपकरण यस्तो छ जुन अरूभन्दा धेरै प्रयोग भएको छ- उनीहरूको मोबाइल फोन।

फेब्रुअरी १ मा सैनिक कू भएयता संसारले म्यान्मारमा प्रदर्शनकारीमाथि देखाइएको बर्बरतालाई हेरेको छ।

गत बुधवार कम्तीमा ३८ जना मारिएको घटनालाई संयुक्त राष्ट्रसङ्घले म्यान्मारको कूयता सबैभन्दा रक्तपातपूर्ण दिन भनेको छ।

मोबाइलका भिडिओ

म्यान्मारमा के भइरहेछ भनेर संसारलाई देखाउन खोज्ने त्यहाँका मानिसहरूले सामाजिक सञ्जालमा लाखौँ भिडिओ हालेका छन्।

कतिपय बासिन्दाले घरबाटै लुकेर भिडिओ खिच्ने तरिका पत्ता लगाएका छन्।

भिडिओ

अन्यले खुला रूपमा सडकमै विरोध प्रदर्शनको भिडिओ खिचिरहेका छन्।

आइतबार, फाल्गुण २३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)