आइतबार, ०३ अगस्ट २०२५

झण्डै आईपीओ मूल्यकै हाराहारीमा पाइन्छ यी कम्पनीको सेयर, जलविद्युतको सेयरमा किन छैन आकर्षण ?

रातोपाटी

रातोपाटी

काठमाडौं
News Image
• • •

सेयर बजारमा जलविद्युत कम्पनीको सेयरले अझै पिक अप लिन सकेको छैन  । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३७ जलविद्युत कम्पनीमा १० वटा जलविद्युत कम्पनीको सेयर मूल्य अझै पनि आईपीओ मूल्य कै हाराहारीमा छन् । यद्यपि केही जलविद्युत कम्पनीले भने राम्रै प्रगति गरिरहेका छन् । 

सामान्यतयाः जलविद्युतमा लगानी गर्नेले तत्कालै मुनाफा नपाउने भएकाले पनि जलविद्युतको सेयरमा लगानीकर्ता आकर्षित हुन नसक्ने विज्ञहरु बताउँछन् ।

विज्ञ डा. केशव श्रेष्ठले जलविद्युतको लाभांश खान समय लाग्ने र  उसले शून्यबाट काम गर्ने भएकाले पनि  तत्कालै लाभांश चाहने लगानीकर्ता जलविद्युतको सेयरमा त्यति आकर्षण नहुने बताए । सामान्यतया जलविद्युतले निर्माण कार्य सकिए पश्चात विद्युत् बेच्न थालेपछि लाभांश दिन थाल्दछ ।

बिहिबार, फाल्गुण २७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)