बुधबार, २७ अगस्ट २०२५

नेवानिका पाइलटको तलब २० हजार ! कसरी उडाउलान् जहाज?

News Image
• • •

नेपाल वायुसेवा निगम (नेवानि)का १२ जना पाइलटले एक महिना अगाडिसम्म सबै कर कटाएर ७१ हजार रुपैयाँसम्म तलब बुझ्दै आएका थिए। 

तर,अहिले मासिक २० हजार रूपैयाँ तलब भत्ता बुझ्न थालेका छन। एमए-६० उडानमा रहेका ५ जना र वाई-१२ उडानमा रहेका ७ जना पाइलटको तलव एकैचोटि ७१ हजारबाट घटाएर २० हजार पुर्‍याइएको हो। गत फागुन महिनाबाट उनीहरुको तलब एकैपटक २० हजार रुपैयाँमा झार्ने निर्णय निगम सञ्चालक समितिले गरेको हो।

सञ्चालक समितिको यो निर्णयको विरोधमा पाइलटहरुले पत्रसमेत बुझाइसकेका छन्। निगमको उच्च पदमा रहेका कर्मचारीदेखि सञ्चालक समितिलाई समेत उनीहरुले खाइपाइ आएको तलब भत्ता कटौती नगर्न माग गर्दै पत्र बुझाएका छन्। 

शुक्रबार, चैत्र ०६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!