मङ्गलबार, १९ अगस्ट २०२५

चिनियाँ विदेशमन्त्री र युएईका विदेशमन्त्रीबीच भेटवार्ता

Photo : EN24news
• • •

चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले युनाइटेड अरब इमिरेट्स (युएई)का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अल–नायिनसँग भेटवार्ता गरेका छन्।

भेटवार्तामा दुबै मन्त्रीले संयुक्त रुपमा युएईमा स्थापित चिनियाँ खोपको उत्पादन प्लान्टको शिलान्यास गरेका थिए। 

भेटमा चिनियाँ विदेशमन्त्री वाङले चिनियाँ खोपको विभिन्न देशमा परीक्षण गर्न र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सहज हुने विश्वास गरेका थिए। 

उनले कोभिड महामारीविरुद्ध लड्न चीन र युएईबीचको साझेदारी नयाँ चरणमा प्रवेश गर्नेपनि बताए।

मंगलबार, चैत्र १७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)