
बिएल संवाददाता
म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीको स्वास्थ्य अवस्था राम्रो नै रहेको पाइएको छ। उनको अवस्था सामान्य छ।
झण्डै दुई महिनादेखि थुनामा रहेकी ७५ वर्षीय सु कीको स्वास्थ्यमा कुनै समस्या नरहेको विवरण बुधबार सार्वजनिक गरिएको हो।
कूटनीतिक दबाब अत्यन्त धेरै परेपछि सु कीका वकिलहरुलाई भेट्न दिइएको थियो। उनीहरुले नै उनको अवस्था सामान्य नै रहेको जानकारी दिएका हुन्।
म्यान्मारका सेनाले शासन हातमा लिएर सुकीलगायतका नेताहरुलाई थुनामा राखेको छ। उनीहरुको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको थिएन।
सेनाले सत्ता हातमा लिएदेखि म्यान्मारमा अहिलेसम्म पनि जनआन्दोलन चलिरहेको छ। आन्दोलनका क्रममा अहिलेसम्म ५२० भन्दा बढीको मृत्यु भइसकेको छ।
निर्वाचित सरकार र संसद्लाई भङ्ग गरी निष्पक्ष तरिकाले नयाँ निर्वाचन गराउन भन्दै सत्ता हातमा लिनु परेको सेनाको भनाइ छ।
नवगठित संसद्को पहिलो बैठक बस्नै लागेको दिन गत फेब्रुअरी १ का दिन सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएको हो।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया