आइतबार, १७ अगस्ट २०२५

चहराइरहने एउटा घाउ

News Image
• • •

श्रीमान्को झैंझगडा गर्ने बानीबाट दिक्क भएर २१ वर्षीया आरती साहले अघिल्लो वर्ष फागुनमै तलाक मागिन्।

मुद्दा लिएर अदालत पनि गइन्। कोरोना महामारीका कारण लकडाउन भयो र मुद्दा अघि बढ्न सकेन। तर, उनका श्रीमान् सञ्जीवकुमार साह एक्कासि कात्तिक २९ गते बिहान जानकीनगरस्थित डेरामा आइपुगे। तब आरतीको शरीरमा एसिड छ्यापेर भागे।

एसिडले आरतीको आधा शरीर जल्यो। एउटा आँखा कामै नलाग्ने भयो। मुख, हात र घाँटीमा गहिरो घाउ लाग्यो। उनलाई अहिले असह्य पीडा छ। औषधि, राम्रो उपचार र पौष्टिक खानपानको आवश्यकता छ। तर, आर्थिक विपन्नताका कारण तीन वर्षकी छोरी रियासहित छाक टार्नै धौधौ देखिएको छ।

शुक्रबार, चैत्र २०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)