आइतबार, १७ अगस्ट २०२५

स्वास्थ्य संकटकालको माग गर्दै सडकमा सुतेर आन्दोलन (तस्वीरहरु) 

सुहन श्रेष्ठ

सुहन श्रेष्ठ

काठमाडौँ
News Image
• • •

स्वास्थ्य संकटकाल घोषणाको माग राख्दै वातावारण संरक्षण अभियान्ताले प्रदर्शन गरेका छन्।

काठमान्डौँको माइतीघर मण्डलामा बिहीबार विभिन्न नाराबाजी लगाउँदै अभियान्ताहरुले प्रदर्शन गरेका हुन्। 

वातावरण प्रदुषणले गर्दा मानवीय जीवन असहज हुँदै जादापनि सरकारले वास्ता नगरेको वातावरण संरक्षणकी अभियन्ता तनुजा पाण्डेले बताईन्।

सरकारको लाचारीपनको विरोध गर्न सडकमा उत्रिनु परेको तनुजाको भनाई छ। 

अभियन्ताहरुले  ‘धुवाँधुलो सारो भोः सास फेर्न गाह्रो भो, सरकार सास फेर्न दे’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। 

कतिपय अभियन्ताहरु झनै सडकमा सुतेरसमेत प्रदर्शन गरेका थिए। 

बिहिबार, चैत्र २६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)