बिएल संवाददाता
म्यान्मारको सैन्य सरकारले हानेको गोली लागि दुई गोर्खाली (नेपालीभाषी) को निधन भएको छ।
भारतसँग सीमा जोडिएको म्यान्मारको टमूनगरमा बसोबास गर्ने गौतम दम्पत्ती किशन गौतम र हरिमाया गौतमलाई जुन्ता सरकारले हत्या गरेको छ।
नेपालीभाषी वरिष्ठ साहित्यकार लक्ष्मण न्यौपानेले रंगुनबाट दिएको जानकारी अनुसार गौतम दम्पत्ती दुध व्यवसाय गरेर बसेका थिए। ‘नेपालीभाषी दम्पत्तीलाई सैनिक परिषद्का सदस्यले गोली हानी हत्या गरेका छन्’, बर्मेली समाचारमाध्यम आरएफए बर्मिजले पनि यस कुराको पुष्टि गरेको छ।
‘उनीहरु दुध वितरण गर्न मोटरसाइकलमा निस्किएका थिए। सोही क्रममा सेनाले अन्धाधुन्ध गोली प्रहार गरेको थियो,’ बर्मेली नेपाली तुलसीराम खनालले बिएल नेपाली सेवासँग भने।
उनीहरूको तीन जना छोराछोरी छन्। टमू नगरमा साढे तीन सय नेपालीभाषी बसोबास गर्छन।
प्रजातान्त्रिक आन्दोलनमा नेपालीमूलका तीन जना गोर्खाहरूले हालसम्म ज्यान गुमाइसकेका छन्। यसअघि सान राज्यको उत्तरी क्षेत्र मुसेनगर होमुन ग्राममा ४३ वर्षीय सानाभाइ विश्वकर्मालाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरी हत्या गरेको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया