आईपीएल: बैंगलोरको लगातार जित

आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार जित निकालेको छ। 

बुधबार राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्यो। बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो।

हैदरावादका लागि कप्तान डेभिड वार्नरले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जिताउन सकेका थिएनन्। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो।

जितसँगै बैंगलोर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
 

प्रकाशित मिति: : 2021-04-15 06:30:00

प्रतिकृया दिनुहोस्