मङ्गलबार, २३ सेप्टेम्बर २०२५

हाम्रा लागि गिद्धहरू बाँच्न किन जरूरी छ?

सेतोपाटी

सेतोपाटी

काठमाडौं
News Image
• • •

सानो छँदा ठूलावडाहरूबाट गिद्धबारे सुनेको थिएँ- मरेका वस्तुभाउको सिनो खान्छन्। खोला-नाला वरिपरि बथानमा बस्छन्। हेर्दै घिनलाग्दा हुन्छन्।

यी सबै सुन्दा मेरो मनमा गिद्धको तस्बिर उति साह्रो राम्रो बसेको थिएन। फोहोरी चराजस्तो लाग्थ्यो। 

त्यसै पनि समाजमा गिद्ध बदनाम छ। कसैलाई गाली गर्नपरे 'कस्तो गिद्धजस्तो' भनेको धेरैपटक सुनेकै हो। 

सानैदेखि गिद्धबारे मेरो दिमागमा गढेको धारणा फेरिन धेरै समय लाग्यो। जब म प्राणीशास्त्र पढ्न थालेँ, तब थाहा पाएँ, मान्छेको समाजमा बदनाम गिद्ध हाम्रो पर्यावरणका लागि नभइ नहुने पंक्षी हो।

म, हामी मान्छेकै जीवनमा यसको महत्व बुझेपछि मैले गिद्धलाई माया गर्न थालेँ। कतै देखेँ भने उत्साहित पनि हुन्छु।

तर यही पंक्षीबारे केही समयअघि एउटा चित्त दुख्ने समाचार पढ्नुपर्‍यो। नवलपरासीमा झन्डै ७० वटा गिद्ध एकैपटक मारिएछन्। विष खुवाइ मारेर फालिएका कुकुरको सिनो खाएर ती गिद्धको मृत्यु भएको रहेछ।

शुक्रबार, बैशाख १७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)