आइतबार, ०३ अगस्ट २०२५

अफगान सेनाको कारवाहीमा २५ जना तालिबान लडाकूको मृत्यु

News Image
• • •

अफगानिस्तानको सेनाले उत्तरी बाघलान प्रान्तमा गरेको सैन्य कारवाहीमा कम्तीमा २५ जना तालिबानी लडाकूको मृत्यु भएको छ। 

अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति गरिएको उक्त सैन्य कारवाहीका क्रममा अरु १२ जना लडाकू घाइते भएका छन्। 

अफगान वायुसेनाको मद्दत समेत लिएर गरिएको त्यस कारवाहीबाट लडाकू समूहका सवारी साधन र हातहतियार बरामद गरिएको मन्त्रालयले जनाएको छ। 

सयौं सशस्त्र तालिबानी लडाकूले हालैका दिनहरुमा बाघलानलाई कब्जामा लिने उद्देश्यले आक्रमण गरिरहेका थिए। तर स्थानीय सेनालाई मद्दत गर्न थप सैनिक परिचालन गरी स्थिति नियन्त्रणमा लिएको सरकारको भनाइ छ। 

उक्त घटनाका बारेमा तालिबान विद्रोहीका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। 

नेटो र संयुक्तराज्य अमेरिकी सेनाले अफगानिस्तान छाड्नै लाग्दा युद्धग्रस्त अफगानिस्तानमा हिंसाका घटनामा लगातार वृद्धि भएका छन्। 

आगामी सेप्टेम्बर ११ भित्रै अफगास्तिानमा तैनाथ करिब तीन हजार ५०० अमेरिकी सेना र करिब ७ हजार नेटो फौज स्वदेश फिर्ता हुँदैछन्। रासस 

शनिबार, बैशाख २५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)