बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग टेलिफोनमा संवाद गरेपछि आफ्ना प्रतिनिधिका रुपमा अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई उनीसँग छलफलका लागि पठाएका छन्।
नेता नेपालसँगको छलफलबारे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बिएल नेपाली सेवासँग भने, ‘हामीले सांसद्को राजीनामा जस्ता कुरा नगरौँ भन्यौँ, उहाँले मुन्टो हल्लाउनुभो।’
सिंहदरबारस्थित लेखा समितिको हलमा भएको भेटघाटमा खुल्ला छलफल भएको नेता नेम्वाङले बताए। उनले भने, ‘उहाँले खुलस्त कुरा राख्नुभो। हामीले पनि प्रष्टसँग कुरा राख्यौँ।’
‘हामीलाई त विश्वास लागेको छैन तर सांसद्हरुले राजीनामा गर्नेसम्मको कुरा आएको छ। यस्तो बेलामा त्यसो गरेर कसैलाई पनि हित हुँदैन’, नेम्वाङले आफूहरुले नेता नेपाललाई भनेको कुरा सुनाए।
प्रधानमन्त्री ओलीले नेता नेपालसँग टेलिफोनमा कुराकानी गरेर अर्थमन्त्री पौडेल र उपनेता नेम्वाङलाई पठाउँछु भनेर भनेपछि आफूहरु नेता नेपालसँग भेट्न गएको पनि उनले जानकारी दिए। ‘माधव कमरेडले आउनुस् भनेपछि हामी गएका हौँ, राम्रो सुरुवात भएको छ’, नेम्वाङले भने, ‘आज राम्रो सुरुवात भएको छ।
अब प्रधानमन्त्रीज्यू र माधव कमरेडबीच सकारात्मक हिसाबले निकास निस्कने गरी संवाद अघि बढ्छ भन्ने विश्वास छ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया