बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग टेलिफोनमा संवाद गरेपछि आफ्ना प्रतिनिधिका रुपमा अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई उनीसँग छलफलका लागि पठाएका छन्।
नेता नेपालसँगको छलफलबारे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बिएल नेपाली सेवासँग भने, ‘हामीले सांसद्को राजीनामा जस्ता कुरा नगरौँ भन्यौँ, उहाँले मुन्टो हल्लाउनुभो।’
सिंहदरबारस्थित लेखा समितिको हलमा भएको भेटघाटमा खुल्ला छलफल भएको नेता नेम्वाङले बताए। उनले भने, ‘उहाँले खुलस्त कुरा राख्नुभो। हामीले पनि प्रष्टसँग कुरा राख्यौँ।’
‘हामीलाई त विश्वास लागेको छैन तर सांसद्हरुले राजीनामा गर्नेसम्मको कुरा आएको छ। यस्तो बेलामा त्यसो गरेर कसैलाई पनि हित हुँदैन’, नेम्वाङले आफूहरुले नेता नेपाललाई भनेको कुरा सुनाए।
प्रधानमन्त्री ओलीले नेता नेपालसँग टेलिफोनमा कुराकानी गरेर अर्थमन्त्री पौडेल र उपनेता नेम्वाङलाई पठाउँछु भनेर भनेपछि आफूहरु नेता नेपालसँग भेट्न गएको पनि उनले जानकारी दिए। ‘माधव कमरेडले आउनुस् भनेपछि हामी गएका हौँ, राम्रो सुरुवात भएको छ’, नेम्वाङले भने, ‘आज राम्रो सुरुवात भएको छ।
अब प्रधानमन्त्रीज्यू र माधव कमरेडबीच सकारात्मक हिसाबले निकास निस्कने गरी संवाद अघि बढ्छ भन्ने विश्वास छ।’
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया