बिएल संवाददाता
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने बेलामा एमालेको माधवकुमार नेपाल समूह अनुपस्थित हुने भएको छ । यसअघि राजीनामा गर्ने धम्की दिँदै आएको नेपाल पक्ष सो समूहकै सांसद्हरुले असहमति जनाएपछि राजीनामाबाट पछि हटेको हो ।
साे समूहका एक जना नेता भीम रावलले भने, 'हामी प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मत दिन्नौँ । ह्विप लगाउने अधिकार उहाँलाई छैन ।'
राजीनामा गर्न भनी सिंहदरबारमा डाकिएका साे समूहका सांसद्हरुले नेताहरुसँगको बैठकमा राजीनामा गर्ने र नगर्ने दुई विचार आएपछि अनुपस्थित हुने बीचकाे बाटाे रोजिएकाे हाे । नेपाल समूहले राजीनामाक लागि बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको भए पनि सो समूह राजीनामाबाट पछि हटेकाे हो ।
नेता रावलले भने राजीनामाबाट पछि नहटेको दाबी गरे । आफ्ना समूहका सांसदुसँगको छलफलपछि सञ्चारकर्मीसँग भने, '‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको छ। ‘राजीनामाको योजनाबाट पछि हटेका छैनौँ । आजलाई यत्ति नै पर्याप्त छ ।’
प्रधानमन्त्री ओलीले विश्वासकाे मत लिनका लागि बोलाइएकाे प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार अपरान्ह १ बजे बस्दै छ । कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् भने जनता समाजवादी पार्टीले मन लागेको पक्षमा भोट हाल्नका लागि सांसद्लाई छूट दिएको छ ।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया