बिएल संवाददाता
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने बेलामा एमालेको माधवकुमार नेपाल समूह अनुपस्थित हुने भएको छ । यसअघि राजीनामा गर्ने धम्की दिँदै आएको नेपाल पक्ष सो समूहकै सांसद्हरुले असहमति जनाएपछि राजीनामाबाट पछि हटेको हो ।
साे समूहका एक जना नेता भीम रावलले भने, 'हामी प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मत दिन्नौँ । ह्विप लगाउने अधिकार उहाँलाई छैन ।'
राजीनामा गर्न भनी सिंहदरबारमा डाकिएका साे समूहका सांसद्हरुले नेताहरुसँगको बैठकमा राजीनामा गर्ने र नगर्ने दुई विचार आएपछि अनुपस्थित हुने बीचकाे बाटाे रोजिएकाे हाे । नेपाल समूहले राजीनामाक लागि बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको भए पनि सो समूह राजीनामाबाट पछि हटेकाे हो ।
नेता रावलले भने राजीनामाबाट पछि नहटेको दाबी गरे । आफ्ना समूहका सांसदुसँगको छलफलपछि सञ्चारकर्मीसँग भने, '‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको छ। ‘राजीनामाको योजनाबाट पछि हटेका छैनौँ । आजलाई यत्ति नै पर्याप्त छ ।’
प्रधानमन्त्री ओलीले विश्वासकाे मत लिनका लागि बोलाइएकाे प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार अपरान्ह १ बजे बस्दै छ । कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् भने जनता समाजवादी पार्टीले मन लागेको पक्षमा भोट हाल्नका लागि सांसद्लाई छूट दिएको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया