
बिएल संवाददाता
टोखा नगरपालिकाले चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट राख्न प्रदेश सरकारसँग माग गरेको छ।
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाको ६८ औँ नगर कार्यपालिकाको बैठकको निर्णयानुसार चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारसँग माग गरेको हो।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापनाका लागि माग गरिएको जानकारी दिए। टोखा–२ मा रहेको उक्त केन्द्रमा वाग्मती प्रदेशले प्रदेशस्तरीय अस्पताल सञ्चालनका लागि यसअघि नै निर्णय भइसकेको छ।
नगरपालिकाले चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको आइसोलेशन सेन्टरलाई व्यवस्थितरूपमा सञ्चालन गर्दै कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि गृह मन्त्रालयमा ५० थान अक्सिजन सिलिण्डरका लागि पत्राचार गरेको छ।
केन्द्रमा हाल २५ अक्सिजन सिलिण्डरसहित कोभिड बिरामीको उपचार भइरहेको छ । कोरोना बिरामीको अवस्था हेरेर शय्या थप गर्दै जाने नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए। टोखामा हालसम्म ७०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
गत वर्ष टोखा नगरपालिकाले तिब्बतको नाङ्सु सिटी नगरपालिकाको सहयोगमा करिब रु दुई करोड बराबरको स्वास्थ्य सामाग्री ल्याएको थियो।
केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग
यसैबीच लायन्स क्लब अफ काठमाडौँ नेपालयले चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। क्लबले आज पिपिई, पल्स अक्सिमिटर, सेनिटाइजर, मास्कलगायतका स्वास्थ्य सामग्री नगरपालिकाका उपप्रमुख डङ्गोललाई हस्तान्तरण गरेको हो।
यस्तै सेभ द चिल्ड्रेनले रु छ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। उक्त संस्थाले दुईवटा आइसियु शय्या, अक्सिजन कन्सन्टे«टर, बेड साइड स्क्रिनलगायतका सामग्री सहयोग गरेको नगरपालिकाले जनाएको छ। रासस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया